
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालमार्फत सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका लागि सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थ मन्त्रालयका अनुसार सो बजेटमध्ये २ अर्ब ७७ करोड रुपैयाँ सरकारले आन्तरिक स्रोतबाट खर्च गर्नेछ भने बाँकी ५ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक अनुदानमार्फत जुटाइनेछ। यो अमेरिकी अनुदानमा आधारित परियोजनालाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बजेट नदिएर निलम्बन गरेपछि नेपाल सरकारले आफैं निर्माण अघि बढाउने रणनीति लिएको हो।
चालु आर्थिक वर्ष २०८१/८२ मा यो परियोजनामा ९ अर्ब ६५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने २ अर्ब ४ करोड रुपैयाँ खर्च भइसकेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ। सरकारले राष्ट्रिय ढाँचाका महत्वपूर्ण पूर्वाधार निर्माणमा एमसीसी परियोजनालाई निरन्तरता दिने तयारीसहित बजेट व्यवस्था गरेको हो।