तीन निर्माण कम्पनी कालोसूचीमा, दुई विदेशी र एक नेपाली कम्पनीलाई सार्वजनिक खरिदबाट निलम्बन

काठमाडौं । सरकारले तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा विदेशी र एक नेपाली कम्पनीमाथि प्रतिबन्ध लगाएको हो।

सोमबार भएको निर्णयअनुसार जापानी कम्पनी मरुशिन शिताका कन्स्ट्रक्शन, भारतीय कम्पनी पीएच–एसएमएनएस जेभी, र नेपाली कम्पनी शङ्करमाली निर्माण सेवा कालोसूचीमा परेका हुन्। मरुशिन र पीएच–एसएमएनएस जेभीलाई दुई वर्षका लागि र शङ्करमाली निर्माण सेवालाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।

अनुगमन कार्यालयका अनुसार, यी कम्पनीहरूले तोकिएको प्रतिबन्ध अवधि भित्र कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।