२०२५ को पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल प्रवेश

काठमाडौँ । सन् २०२५ का पहिलो पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीदेखि मे महिनासम्म कूल ५,०१,२६४ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

केवल मे महिनामै ८६,२१६ जना पर्यटक नेपाल आएका छन्। त्यस्तै, जनवरीमा ७९,९९१, फेब्रुअरीमा ९६,८८०, मार्चमा १,२१,८०० र अप्रिलमा १,१६,४९० जना विदेशी पर्यटक नेपाल आएका थिए। मे महिनामा भारतबाट सबैभन्दा धेरै २८,१६० पर्यटक आएका छन्। त्यसपछि अमेरिकाबाट ९,०७४, चीनबाट ८,८२४, बङ्गलादेशबाट ४,२८० र संयुक्त अधिराज्य बेलायतबाट ३,४७३ पर्यटक आएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार, मे महिनामा दक्षिण एसियाली मुलुकहरूबाट ३४,३५०, एसिया तथा अन्य मुलुकबाट १८,०६९, युरोपबाट १३,३३० र मध्यपूर्वी मुलुकबाट १,५१५ पर्यटक नेपाल आएका हुन्। अघिल्लो वर्ष सन् २०२४ को मे महिनाको तुलनामा यस वर्ष सोही महिनामा ९५.६ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ। सन् २०१९ को तुलनामा यो वृद्धि दर १११ प्रतिशत रहेको बोर्डले जनाएको छ।