
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढीरहेको अवस्थामा मंगलबार तोलामै २९ सयको बढोत्तरी भएको हो ।
यस दिन चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । आज चाँदी प्रतीतोला ५५ रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भएको थियो ।