
काठमाडौँ । सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । आज अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएका हुन् ।
जस मध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ र वित्तीय क्षेत्रतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।
जस मध्ये स्रोत तर्फ १३ खर्ब १४ अर्ब राजश्व संकलनको अनुमान गरिएको छ । ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण लिने बताईएको छ। बाँकि रकम वैदेशिक ऋण र अनुदान मार्फत जुटाइने उल्लेख छ।
हेर्नुस् बजेटको पूर्णपाठ: