
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज (बिहीबार) वार्षिक बजेट सार्वजनिक गर्न लागेको छ। दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप आज बजेट प्रस्तुत गरिँदैछ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम संघीय संसदले पारित गरिसकेको छ। नीति तथा कार्यक्रम अनुमोदनपछि सरकारले बजेट सार्वजनिक गर्न लागेको हो।
संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार अर्थमन्त्री पौडेलले दिउँसो १ः३० बजे आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन्। त्यसपछि दिउँसो १ः४५ बजे आर्थिक वर्ष २०८१/८२ को आर्थिक समिक्षा पेस गर्ने कार्यक्रम छ। बजेट भाषण दिउँसो ३ बजे सुरु हुनेछ।
सरकारको बजेटले मुलुकको आर्थिक दिशा निर्धारण गर्ने भएकाले आम चासो यसको प्राथमिकता, योजना र खर्च व्यवस्थापनमा केन्द्रित रहेको छ।