आज यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाए

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव ४४ अंकले बढेर २,६९३ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।