शेयर बजारमा उच्च कारोबारले चम्किएका आजका १० कम्पनी कुन कुन ?

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा ९ वटा उपसमूह बढेका छन् भने ४ वटा घटेको छ। यो दिन बैंकिङ सेक्टर सर्वाधिक १.८८ प्रतिशतले बढ्दा लघुवित्त र निर्जीवन बीमा समूह सर्वाधिक ०.२६ प्रतिशतले घटेका छन्।आज बजारमा १४८ कम्पनीको शेयरभाउ बढेको छ भने ९७ वटाको घटेको छ। यो दिन २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज साढे ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।