
काठमाडौँ । शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १६.५५ अंकले बढेर २,६९२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ५८ करोडको कारोबार भएको हो ।
शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । त्यस्तै, बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ६.८४ प्रतिशतका दरले गुमाएका छन् ।