बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल विधिबाट ८० अर्ब रुपैयाँ तान्दै  राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार तरलता व्यवस्थापनका लागि ८० अर्ब रुपैयाँ बजारमा संकलन गर्न लागेको छ । निक्षेप संकलन बोलकबोलमार्फत बुधबार २१ दिनको लागि ८० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले बुधबार ३ बजेसम्म अनलाइनमार्फत बोलकबोलमा भाग लिन सक्नेछन् ।

१३ जेठ २०८२ को तथ्यांकअनुसार बैंकहरुले अधिक तरलता भएर केन्द्रीय बैंकमा राखेको मौज्दात रकम ३ खर्ब ७२ अर्ब ९५ करोड छ ।

बुधबार थप ८० अर्बको निक्षेप संकलन उपकरण बोलाकबोल गर्ने भएको हो । नियमित कार्यतालिका अनुसार सरकारले आन्तरीक ऋण (विकास ऋणपत्र) को सावाँ र ब्याज भुक्तानी भइरहेको छ । चालु आर्थिक वर्षको लक्ष्यको ९० प्रतिशतभन्दा बढी आन्तरीक ऋण बोलकबोल भइसकेको छ । तर, कर्जा लगानी भने चैत मसान्तको तुलनमा १५ जेठ पुग्दै गर्दा पनि बढेको छैन भने निक्षेप ५० अर्बभन्दा माथिले बढेको छ ।