
काठमाडौँ । बुधबारको कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०१ अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०१ अंक घटेर २६७५.६० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंंक घटेको छ । यसदिन ५७ लाख १७ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।