आजै अन्तिम दिन: एशियन लाइफको हकप्रद र प्रभु महालक्ष्मीको लाभांश सुरक्षित गर्न

 काठमाडौँ ।  एशियन लाइफ इन्स्योरेन्सको हकप्रद र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ १४ गते अन्तिम दिन रहेको छ । एशियन लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन प्रयोजनको लागि र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारणसभा प्रयोजनको लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ १४ गतेसम्म कायम शेयरधनीले मात्र समबन्धित कम्पनीको हकप्रद र लाभांश पाउन सक्ने छन् ।

एशियन लाइफ इन्स्योरेन्सले १:०.४२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। नेपाल धितोपत्र बोर्डले वैशाख २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

त्यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जेठ २६ गते सोमबार साधारणसभा आह्वान गरेको छ। कम्पनी सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। त्यस्तै कम्पनीको सभामा यस अघि पारित भएको हकप्रद प्रस्ताव रद्द गर्ने प्रस्ताव पेश हुने छ।