आज यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाए

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ० दशलमव ८५ अंकले बढेर २,६७५ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री, ग्रिन डेभलपमेन्ट बैंक र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।