
काठमाडौं । शेयर बजारमा सामान्य सुधार आएको छ। नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ को विन्दुमा बन्द भएको छ। सामान्य बढेको बजारमा ६ वटा समूह बढेका छन् भने ७ वटा समूह घटेको छ। आज विकास बैंक समूह सर्वाधिक १.६६ प्रतिशतले बढ्दा लघुवित्त समूह सर्वाधिक १.१३ प्रतिशतले घटेको छ। बजारमा आज ८५ कम्पनीको शेयर भाउ बढेको छ भने १६१ वटाको घटेको छ। यो दिन बजारमा साढे ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार कर्पोरेट डेभलपमेन्ट बैंकको भएको छ।