शेयर बजार सामान्य वृद्धि, ६ अर्ब ५२ करोडको कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य रूपमा बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.८५ अंकले वृद्धि भई २,६७५ विन्दुमा पुगेको हो। आजको कारोबारमा ८५ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको मूल्य घटेको छ। कूल ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ६ अर्ब ५२ करोड रुपैयाँ नाघेको छ।

आज सबैभन्दा धेरै कारोबार युनिभर्सल पावर कम्पनीको भएको छ। कम्पनीको ६३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यसपछिको स्थानमा राधि विद्युत कम्पनी रहेको छ, जसको ४७ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। तेस्रो स्थानमा ङादी ग्रुप पावर रह्यो, जसको कारोबार रकम ४२ करोड १९ लाख रुपैयाँ पुगेको छ।