वीरगञ्ज सुक्खाबन्दरगाहमा १० महिनामा ४१ अर्बभन्दा बढी राजस्व संकलन

काठमाडाैं । वीरगञ्ज सुक्खाबन्दरगाहस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा कुल ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो संकलन रकम वार्षिक राजस्व लक्ष्यको ६८.५८ प्रतिशत हो।

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष १ अर्ब १४ करोड २८ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ।

“गत वर्षको १० महिनामा ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो,” उनले बताए, “यस वर्ष सोही अवधिमा २.८५ प्रतिशतले वृद्धि भएको छ।”  राजस्व संकलन विवरण यसप्रकार छ:

साउन: ३ अर्ब ७५ करोड

भदौ: ४ अर्ब ६४ करोड

असोज: ४ अर्ब ३६ करोड

कात्तिक: ३ अर्ब ७९ करोड

मंसिर: ३ अर्ब २२ करोड

पुस: ३ अर्ब ५६ करोड

माघ: ४ अर्ब २९ करोड

फागुन: ४ अर्ब ६८ करोड

चैत: ४ अर्ब ५० करोड

वैशाख: ४ अर्ब ३४ करोड ५२ लाख ८९ हजार

भन्सार विभागले वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आर्थिक वर्षमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। हालसम्मको प्रगति हेर्दा, लक्ष्य प्राप्तिको दिशामा कार्यालयको प्रयास सन्तोषजनक देखिएको छ।