प्रि ओपन सेसन : नेप्से परिसूचक सामान्य घट्यो

काठमाडौँ । मंगलबारको कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ५.२१ अंकले घटेर २६७४.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६१ अंक घटेर २६७४.१५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंंक घटेको छ। यसदिन एक करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।