
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतीतोला १० रुपैयाँले घटेको हो । यस दिन चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भएको थियो ।