
काठमाडौँ। सान्भी इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज जेठ १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणको लागि २४ लाख १५ हजार ३ सय कित्ता सेयर निष्काशन गरेको छ। यस निष्काशनमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। शेयर निष्काशनको लागि नेपाल एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले इलामको सूर्योदय नगरपालिकास्थित जोगमई खोलामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ लागतमा तयार भएको आयोजनाको प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ ।
साथै कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना बनाउँदैछ । यो आयोजनाको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ ।