
काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव २१ अंकले घटेर २,६७४ को विन्दुमा कायम भएको छ । आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको ५६ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
युनिभर्सल पावरको ४५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव १९ प्रतिशतका दरले कमाएका छन् । कृषि विकास बैंक डिबेञ्चरका इकाईधनीले ४ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लग्नाीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।