आज शेयर बजारमा सर्वाधिक कारोबार गर्ने १० कम्पनीहरू

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ को विन्दुमा बन्द भएको हो। बजार घट्दा नेप्से उपसमूहमा रहेको २ वटा समूह मात्रै बढेको छ भने अन्य ११ वटा समूह घटेका छन्। आज लघुवित्त समूह २.३२ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह सर्वाधिक २.९६ प्रतिशतले घटेको छ।बजारमा आज ९९ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १४८ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।