राष्ट्र बैंकद्वारा १० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ लागि बंगलादेशी कम्पनी मात्र योग्य ठहर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’का लागि बंगलादेशको Howladar Yunus & Co. लाई प्राविधिक रूपमा मात्र योग्य ठहर गरेको छ। यसअघि सर्टलिस्टमा ६ कम्पनी परे पनि अन्य पाँच कम्पनी प्राविधिक मूल्याङ्कनमा अयोग्य ठहरिएपछि अब राष्ट्र बैंकले Howladar लाई वित्तीय प्रस्ताव पेश गर्न आह्वान गर्नेछ। राष्ट्र बैंकले २० डिसेम्बर २०२४ मा आवेदन खुलाएको थियो भने यसअघि पनि एक पटक KPMG India मात्र योग्य ठहरिएको तर महँगो वित्तीय प्रस्तावका कारण ठेक्का रद्द गरिएको थियो।

यो रिभ्यु अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) सँगको विस्तारित ऋण सम्झौता अन्तर्गतको शर्त अनुसार गरिँदैछ। मर्जर र प्राप्तिपछि ठूलो भएका १० बैंकको कर्जा गुणस्तरको समीक्षा गरिनेछ, जसलाई राष्ट्र बैंकले "सम्पत्ति गुणस्तर समीक्षा" भनेको छ। यसमा कर्जा वितरण क्षेत्र, जोखिम स्तर, र हालको स्थिति परीक्षण गरिनेछ। समीक्षा हुने बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, नबिल, ग्लोबल आइएमई, प्रभु, एनएमबि, कुमारी, र एनआईसी एशिया बैंक छन्। यद्यपि, यस प्रक्रिया अडिट नभई केवल पोर्टफोलियो मूल्याङ्कन मात्र हुनेछ, जसबाट बैंकको वास्तविक खराब कर्जाको अवस्था उजागर हुने आशंका गरिएको छ।