
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको एक लाख ६९ हजार २१९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । उक्त शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले जेठ ९ गतेदेखि ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा फारम बुझाउन सक्नेछन् ।