हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

 काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डले हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डले आज जेठ ९ गते उक्त अनुमति दिएको हो। अब कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्न पाउनेछ, जुन कम्पनीको जारी पुँजीको ३० प्रतिशत हो। शेयर निष्कासनको व्यवस्थापन एनआईसी एसिया क्यापिटलले गर्नेछ।

हिम स्टार ऊर्जा कम्पनी हाल ओखलढुंगामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीका प्रमुख लगानीकर्ता दिपक तिवारी, शोभा उप्रेती, ध्रुबलाल पाण्डे, नारायण प्रसाद उप्रेती, जगदीश पौडेल, किशोर दत्त बराल, भिजन लुम्बिनी लिमिटेड र दुतराज लामा रहेका छन्।