
काठमाडौं । शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ अंकको विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। आज बैंकिङ समूह सर्वाधिक ३.८२ प्रतिशत बढ्दा होटल तथा पर्यटन समूह २.६० प्रतिशतले घटेको छ। बजारमा आज १०४ कम्पनीको शेयरभाउ बढ्दा १४२ कम्पनीको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ९ अर्ब ८२ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।