सबैभन्दा धेरै मुनाफा दिलाउने कम्पनीहरू आज यिनै हुन्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशलमव ०४ अंकले बढेर २,६८८ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया बैंकका लगानीकर्ताले ८ दशलमव ११ प्रतिशतका दरले कमाएका छन् । फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ८ दशलमव ०६ प्रतिशतका दरले कमाएका छन् । कुमारी बैंकका लगानीकर्ताले ६ दशलमव ५३ प्रतिशतका दरले कमाएका हुन् ।