
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन छापावाल सुन प्रतितोला १ हजार ७०० रुपैयाँ बढेको छ भने चाँदी तोलाको ३५ रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार यस्तो सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।