
काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिपछि आज सुरुआती चरणमा शेयर बजारमा उछाल आए पनि अन्तिममा समान्य गिरावटले बन्द भएको छ। नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ को विन्दुमा बन्द भएको छ।
समान्य गिरावटले घटेको बजारमा आज नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। यो दिन बैंकिङ समूह सर्वाधिक ०.२५ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६८ प्रतिशतले घटेको छ।
आज बजारमा ९३ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १५३ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ बजारमा आज साढे १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी