आज सर्वाधिक लाभ दिलाउने कम्पनीहरू यिनी हुन्

काठमाडौं । आजको शेयर बजार कारोबारमा नेप्से परिसूचक ७.९४ अंकले घट्दै २,६६९ विन्दुमा झरेको छ। बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेखनीय लाभ कमाएका छन्।

आज ९३ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १५३ कम्पनीको मूल्य घटेको छ। सबैभन्दा बढी कमाइ ओम मेगाश्री हाइड्रोपावरका लगानीकर्ताले गरेका छन्, जसको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो। त्यसपछि क्रमशः सिन्धु विकास बैंकका लगानीकर्ताले ५.७९ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतको दरले लाभ कमाएका छन्। बजार समग्रमा कमजोर देखिए पनि चुनिंदा कम्पनीमा लगानीकर्ताले राम्रो प्रतिफल पाएका छन्।