क्रेस्ट माइक्रो लाइफको साधारणसभा आह्वान, सेयरधनीहरूलाई लाभांश नदिने

काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले जेठ २३ मा बस्ने गरी साधारणसभा बोलाएको छ।कम्पनीको रजिस्टर्ड कार्यालय, वीरेन्द्रनगर–६ सुर्खेतमा बस्ने साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगदलगायत विवरण छलफलपछि पारित गर्नेछ।

साधारणसभामा दुई सञ्चालक, लेखापरीक्षक नियुक्तिलगायतका एजेन्डा रहे पनि लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव गरेको छैन। कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ ९ मा बुक क्लोज गर्ने भएको छ।