बरुण हाइड्रोलाई हकप्रद सेयर जारी गर्ने अनुमति

काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज जेठ ६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।

कम्पनी १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।