
काठमाडौं । शेयर बजारमा आज हरियाली छाएको छ। गभर्नर नियुक्तिको सम्भावनाले लगानीकर्ताको मनोबल बढ्दा बजारमा हरियाली छाएको हो। नेप्से परिसूचक आज ४९.०९ अंकले बढेर २६७७.४५ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा सबै १३ वटै समूहमा हरियाली छाएको छ। आज होटल तथा पर्यटन समूह सर्वाधिक ३.४२ प्रतिशतले बढेको छ। यो दिन बजारमा २२९ कम्पनीको शेयरभाउ बढ्दा १५ वटाको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।