आज यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाए

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव ०९ अंकले बढेर २,६७७ दशलमव ४५ को विन्दुमा कायम भएको छ । आज २२९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ओम मेगा श्रीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।