
काठमाडौं । काठमाडौं । आज (मंगलबार) मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने भएको हो।
हिजो (सोमबार) नियमित रूपमा बस्नुपर्ने बैठक प्रधानमन्त्रीको स्वास्थ्यका कारण अन्तिम समयमा स्थगित भएको थियो। यसका कारण आज मन्त्रिपरिषदको बैठक नियमित रूपमा बस्ने तालिका रहेको छ।आजै अपरान्ह ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै छ भने यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको थियो।सम्भवत: नयाँ गभर्नर नियुक्ति टुंगो लाग्ने सम्भावना रहेको छ।