सुनको भाउ परिवर्तन भएन, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । यस दिन सोमबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर सुनको कारोबार हुने भएको हो ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँ कारोबार भईरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।