
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको लागि पाईपलाइनमा रहेका एक दर्जन कम्पनीलाई सूचीबाट हटाएको छ। बोर्डले आज सोमबार ति कम्पनीलाई आईपीओ निष्काशनको सूचीबाट नै हटाएको हो।
धितोपत्र बोर्ड स्रोतका अनुसार कुल १४ वटा कम्पनीलाई पाईपलाइनबाट हटाएको हो। हटेको कम्पनीमा एकर्ड फर्माटिकल्स, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केवलकार, अर्किड होल्डिंग, प्रभु हेलिकप्टर, कान्तिपुर टिभी लगायत रहेका छन् । अन्य कम्पनी भने हाइड्रो समूहका छन् ।
यी कम्पनीलाई किन हटाइयो भन्ने बारे बोर्डले औपचारिक रुपमा केहि बताएको छैन । तर बोर्ड स्रोतका अनुसार नेट वर्थ ९० रुपैयाँ भन्दा कम रहेका कम्पनीलाई हालको लागि प्रक्रियाबाट हटाइएको हो । अब यी कम्पनीले नेटवर्थ ९० रुपैयाँ वा सो भन्दा बढी पुर्याएर पुन आवेदन दिनु पर्ने छ। अर्को एक हाइड्रो कम्पनीको आयोजनाको पीपीए अवधि ५ वर्ष मात्र बाँकि देखिएकोले त्यसलाई पनि प्रक्रिया बाट हटाइएको बोर्डले स्रोतले जनाएको छ। यस बारे बोर्डले औपचारिक रुपमा भने केहि जानकारी दिएको छैन ।