
काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशलमव ३० अंकले बढेर २,६२८ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ओम मेगा श्रीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।