उच्च कारोबारले चम्किएका आजका १० कम्पनी

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ को विन्दुमा बन्द भएको हो।बजार बढ्दा नेप्सेमा उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा घटेको छ। यो दिन विकास बैंक समूह सर्वाधिक १.८८ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह १.२४ प्रतिशतले घटेको छ।यो दिन बजारमा १८५ कम्पनीको शेयरभाउ बढ्दा ६० वटाको घटेको छ। दुईवटा कम्पनीको शेयरभाउ भने स्थिर रहेको छ। आज बजारमा ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।