
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशलमव ३० अंकले बढेर २,६२८ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ ।
आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
हिमालयन रिइन्स्योरेन्सको ४१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ओम मेगा श्रीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।