प्रि ओपन सेसन :  नेप्से करिब साढे २ अंक घट्यो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक घटेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात आइतबार २.७९ अंक घटेर २६०९.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३२ अंक घटेर २६०६.७३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५७ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा २५ स्टकको ४० पटकको कारोबारमा ६ लाख ४० हजार ६९९ रुपैयाँ १० पैसाबराबरको १ हजार १९७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ।