आज सुन महँगियो, चाँदीको भाउमा फेरबदल भएन

काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ६०० रुपैयाँले बढको हो ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी स्थिर छ । चाँदीको मूल्य आज दोस्रो दिन स्थिर भएको हो । गत शुक्रबार कायम मूल्य लाई नै आधार मानेर चाँदी खरिदबिक्री भएको हो । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको छ ।