
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा बढेका छन् भने १० वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ४.३० प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक २.६८ प्रतिशतले घटेको छ।बजारमा आज १०० वटा कम्पनीको शेयरभाउ बढ्दा १४५ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज साढे ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।