
काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २.७९ अंकले घटेर २,६०९ को विन्दुमा कायम भएको छ । आज १ सय कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ८ दशलमव ५२ प्रतिशतका दरले कमाएका छन् ।