नेप्से ओरालो लाग्दा पनि कारोबार साढे ८ अर्ब नाघ्यो

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २.७९ अंकले घटेर २,६०९ को विन्दुमा कायम भएको छ । आज १ सय कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । एनआरएनको ५१ करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

राधि विद्युतको ४८ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ८ दशलमव ५२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७८ प्रतिशतका दरले गुमाएका हुन् ।