तेह्रथुम पावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं। तेह्रथुप पावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो।कम्पनीले हकप्रद सयर निष्काशन प्रयोजनार्थ जेठ ५ गते एक दिनका लागि बुकक्लोज गर्ने लागेको बताएको छ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। सोहीअनुसार कम्पनीले ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।