हकप्रद सेयर निष्काशन गर्न पिपुल्स पावर लिमिटेडलाई अनुमति

 काठमाडौँ ।  पिपुल्स पावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज जेठ २ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।

कम्पनी १:०.५० को अनुपातमा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।