काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले २०८१ असोज मसान्तसम्म ६ करोड ३२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनी ४७ करोड ५६ लाख रुपैयाँ घाटामा रहेको थियो।
चालु त्रैमासमा कम्पनीको खुद प्रिमियम संकलन १ अर्ब २८ करोड रुपैयाँबाट बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। कुल आम्दानी पनि १ अर्ब ७३ करोडबाट बढेर २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीले १ अर्ब ३६ करोड बराबरको बीमा दाबी भुक्तानी गरेको छ।
उता, कुल खर्च २ अर्ब २१ करोडबाट बढेर २ अर्ब ३१ करोड पुगेको छ। कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रहेको छ भने स्पेसल रिजर्भमा ४ अर्ब ४३ करोड रहेको उल्लेख गरिएको छ। वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी (EPS) ०.४७ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १४५.५४ रुपैयाँ कायम भएको छ।