आज सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीहरू यस्ता छन्

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव ४१ अंकले घटेर २,६११ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ३३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।