बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले गरे सबैभन्दा धेरै कमाइ

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव ४१ अंकले घटेर २,६११ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ८ दशलमव ७७ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ८ दशलमव २७ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।