
काठमाडौँ । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात बुधबार १३.९६ अंक घटेर २६२०.२७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.०१ अंक बढेर २६२३.२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५० अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४७ स्टकको ११४ पटकको कारोबारमा ३१ लाख ८६ हजार ६८६ रुपैयाँ ५० पैसाबराबरको ४ हजार ६८४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ।